थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


ग्लोब नेपाल
108
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनसार सोहि अवधिमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ५ हजार ९२६ जनाको नमुना परीक्षण गरिएकोमा थप ७६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।