एआइजी पोखरेल अनिवार्य अवकाशमा

एआइजी पोखरेल अनिवार्य अवकाशमा


ग्लोब नेपाल
4.9k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद भएपछि राजीनामा दिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएका छन् । राजीनामा स्वीकृत नहुँदै उनले बिहीबारदेखि अवकाश पाएका हुन् ।

एआइजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अवकाश पाएका हुन् । आफूभन्दा १७ महिना जुनियर एआइजी धीरजप्रताप सिंहलाई सरकारले आइजिपीमा बढुवा गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

गत ३१ असारमा सर्वोच्चले उनको रिट खारेज गरिदिएपछि पोखरेलले राजीनामा दिएका हुन् । राजीनामाको सनाखत हुन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले स्वीकृतिको प्रक्रिया अगाडि बढाएको थिएन । यही बीचमा उनले अवकाश पाएका हुन् । उनको अवकाशसँगै प्रहरीमा एआइजीको एक पद रिक्त भएको छ ।