थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ६ हजार ४९१ जनाको नमुना परीक्षण गरिएकोमा थप ९१२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् । यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।