थप ५५३ जना कोरोना संक्रमण पुष्टि

थप ५५३ जना कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५५३ जना कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।