अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश

अभिनेता अनुपविक्रम शाही काँग्रेस प्रवेश


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान एक कार्यक्रमकाबीच उनी काँग्रेसमा प्रवेश गरेका हुन् ।

मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रममा उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।

लोकतन्त्र र जनताको अधिकारका लागि काँग्रेसले गरेको योगदान बुझेर आफू यसमा प्रवेश गरेको अभिनेता शाहीले बताए । उनले काँग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको उल्लेख गरे ।

अभिनेता शाहीले ‘द्रव्य’, ‘सौर्य’, ‘हँसिया’, ‘ठमेल डटकम’, ‘हाउ फन्नी’, ‘वीर विक्रम’, ‘कमलेको बिहे’, ‘कृ’, ‘हुर्रे’, ‘लिलीबिली’, ‘पुरानो बुलेट’लगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।