विश्व कीर्तिमानी दिनेश नयाँ रेकर्ड बनाउने प्रयासमा

विश्व कीर्तिमानी दिनेश नयाँ रेकर्ड बनाउने प्रयासमा

आज बाल्टिमोरमा कार्यक्रम


ग्लोब नेपाल
243.9k
Shares

बाल्टिमोर । पार्कोर खेलाडी दिनेश सुनार १२औं गिनिज वर्ल्ड रेकर्डको नजिक पुगेका छन् । उनले ११ औं पटक गिनिज बुक वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाइसकेका छन् । आज अगस्ट १३ तारिख शनिबार अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोर शहरमा आयोजना हुने १२ औं गिनिज बुक वर्ल्ड रेकर्डमा दिनेशले सहभागी जनाउँदैछन् ।

ग्लोब नेपाल डट कम आधिकारिक मिडिया पार्टर रहेको उक्त कार्यक्रममा नासोलगायत विभिन्न संस्थाहरुको आयोजना तथा नेपाली दूतावास वाशिङ्गटन डिसीको सहयोगमा मेरिल्याण्ड राज्यको नटिङ्गह्यामस्थित एभरेष्ट वर्ल्ड क्लास टाइक्वान्डोको परिसरमा कार्यक्रम हुने भएको छ । पार्कोर खेलाडी दिनेशले यसअघि जापानका खेलाडीद्वारा १० वर्षसम्म कायम राखेको वर्ल्ड रेकर्डलाई तोडी नेपाल र नेपालीलाई गौरव हुने सुवर्ण अवसर दिलाएका थिए।

खोटाङ जिल्लाका बसिन्दा दिनेश सुनार मातृभूमिको नाम सगौरव उँचो बनाउन आफूले सकेको योगदान दिन सकेसम्म लागिपर्ने तथा पार्कोर खेललाई नेपालमा व्यापक बनाउन अमेरिकन पार्कोर संघसंस्थाहरुसँग सम्पर्क र सहकार्य गरिरहेको समेत बताएका छन् ।

हेर्दा सामान्य देखिने यो खेल अति कठिन भएको दिनेश बताउँछन्। अभ्यासका क्रममा धेरै चोटपटक लागेको र घाइते भइ महिनौंसम्म आराम गर्नुपरेको पीडा उनले सुनाए । ग्लोब नेपाल डट कम १२औं गिनिज बुक वर्ल्ड रेकर्डमा सहभागी दिनेशको सफलता शुभकामना व्यक्त गर्दछ ।