‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई

‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई


ग्लोब नेपाल
162
Shares

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को भव्य फाइनल अमेरिकाको कोलम्बस शहरमा आयोजना गरिएको छ ।

उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो ।

कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छिन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छिन् ।

यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् ।

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन् ।

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए ।

दर्शकहरुको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगीतामा दर्शकहरुको बाक्लो भिड थियो । शोमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्स्तुति दिएर दर्शकलाई नचाएका थिए । यस्तै, कार्यक्रममा कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।

यो शोमा अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीहरुले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा फाउन्डेशनले आउँदो बर्षदेखि ‘मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ । जहाँ, विश्वभर छरिएर रहेका नेपालीहरुले भाग लिन सक्नेछन् ।