थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ८८८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । जसमा तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।