थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ संक्रमणमुक्त

थप ८५२ जनामा कोरोना संक्रमण, ३२८ संक्रमणमुक्त


ग्लोब नेपाल
54
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ६ हजार ८८३ जनाको परीक्षण गरिएकोमा थप ८५२ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।