तनहुँ १ बाटै चुनाव लड्छु, विकासबाहेक अरु केहि स्वार्थ छैन: रामचन्द्र पौडेल

तनहुँ १ बाटै चुनाव लड्छु, विकासबाहेक अरु केहि स्वार्थ छैन: रामचन्द्र पौडेल


ग्लोब नेपाल
216
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् ।

तनहुँको भानु नगरपालिका-१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताए । जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताए ।

मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उनले बताए । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनले बताए ।

निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएको पनि बताए ।