जिम्बाव्वेबिरुद्ध भारतलाई एक खेलअघि नै शृंखला

जिम्बाव्वेबिरुद्ध भारतलाई एक खेलअघि नै शृंखला


ग्लोब नेपाल
54
Shares

काठमाडौं । घरेलु टोली जिम्बाव्वेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लगातार दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै एक खेलअघि नै शृंखला जितेको छ ।

शनिबार १ सय ६२ रनको लक्ष्य भारतले  २५.४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे । भारतका सन्जु सामसनले सर्वाधिक ४३ रन बनाउँदा  शिखर धवन र शुभमन गिलले समान ३३ रनको योगदान गरे । जिम्बाव्वेका लुन्की जोन्गावले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८.१ बल सबै विकेट गुमाउँदै १ सय ६१ रन मात्र बनायो । घरेलु टोलीका सेन विलियम्सले सर्वाधिक ४२रन बनाए  । यस्तै,   रायन बर्लले ३८ रनको योगदान गरे । भारतका  शार्दुल ठाकुरले ३ विकेट लिए। 

यसअघि पहिलो खेल भारतले १० विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।