थप २८६ जनामा सङ्क्रमण पुष्टि, ४७९ जना निको भए

थप २८६ जनामा सङ्क्रमण पुष्टि, ४७९ जना निको भए


ग्लोब नेपाल
27
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टीजेन विधिबाट ८४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ४ हजार ३४८ पुगेको छ । यही अवधिमा थप सङ्क्रमितको मृत्यु भने भएको छैन ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले मात्र कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।