नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जादै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जादै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जान लागेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ । नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन् । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ ।

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

यसैबीच, केन्याले नेपालविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । नेपालसँग खेल्ने ५ खेलको टी ट्वान्टी र ३ खेलको एक दिवसीय सिरिजका लागि केन्याले शिम एनगोचीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो । केन्याले नेपालसँग ५ खेलको टी–ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो टी–ट्वान्टी अगस्ट २५ बाट सुरु हुनेछभ भने ३ खेलको एकदिवसिय सिरिज सेप्टेम्बर २ बाट सुरु हुनेछ । नेपालले भने केन्या भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।