कोलोराडोमा सम्पन्न ग्लोवल फेष्टिवलमा नेपालीको सहभागिता

कोलोराडोमा सम्पन्न ग्लोवल फेष्टिवलमा नेपालीको सहभागिता



कोलोराडो । कोलोराडोको अरोरामा सम्पन्न ग्वोबल फेष्टिवलमा स्थानीय नेपालीहरूले नेपालको झण्डा प्रदर्शन गर्दै सहभागीता जनाएका छन् । रक्की मोउण्टेन फ्रेन्ड्स अफ नेपालको पहलमा अरोरा सिटीद्वारा हरेक वर्ष आयोजना गरिने ग्लोबल फेस्टिवलमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै स्थानिय नेपालीहरूले भागलिएका हुन् ।

शनिबारका आयोजना भएको फेस्टिवलमा नेपाल र नेपालीका तर्फबाट परेडमा नेपालको झन्डा लिएर रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल र बोर्ड अफ डाईरेक्टर आकाश राइले भाग लिएका थिए ।

त्यसैगरी सोही समारोहमा सम्पन्न ग्लोबल फेशन शोमा अध्यक्ष पौडेल, नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकाल , अन्तराष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टी पदम विश्वकर्मा, रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका महासचिब अर्जुन बगाले , बोर्ड डाईरेक्टर सुनिता अधिकारी लगायत स्थानीय नेपालीभाषीहरूले भाग लिएका थिए । पुरुष सहभागीहरुले नेपाली राष्ट्रिय पोषाक दौरासुरूवाल र महिलाहरुले साडीचोलो लगाएर परेड, फेशन शो लगायतका कार्यक्रममा सहभागी भएका थिए ।

विभिन्न ५० देश भन्दा बढी राष्ट्रका नागरिकहरुले भागलिएको उक्त फेस्टिवलमा विभिन्न स्टलहरु राखिएका थिए । नेपालीहरूले पनि नेवारी खाना समय बजी, मोमो जस्ता स्टलहरू राखेका थिए भने नमस्ते पलम्बिङले आफ्नाे छुट्टै स्टल राखेर नेपाल र नेपालीको परिचय दिन खोजेको रक्की मोउण्टेण्ड फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल बताएका छन् ।