थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ। देशभरका प्रयोगशालाहरुमा ४ हजार १७७ जनाको नमुना परीक्षणमा थप ६३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।