राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा

राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा



अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ । संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् । तर, परिवारको वार्षिक आय एक लाख २५ हजार डलर भन्दा कम हुनेहरुले मात्रै यस्तो सुविधा पाउने पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।

विद्यार्थी ऋण मिनाह योजनाबाट मध्यम तथा श्रमिक वर्गलाई फाइदा पुग्ने दाबी पनि ह्वाइटहाउसको छ । तर, प्रगतिशिल तथा लोककल्याणकारी राज्य पक्षधरहरुले भने यसलाई नाम मात्रैको राहत भन्दै आलोचना गरेका छन् ।

अमेरिकी शिक्षा मन्त्रालयले यो योजनाबाट ८० लाख विद्यार्थीलाई राहत पुग्ने दाबी गरेको छ । राष्ट्रपति बाइडेनको पार्टी डेमोक्रेटिक पार्टीले भने प्रति विद्यार्थी ५० हजार डलरसम्मको ऋण मिनाह गर्न सुझाव दिएको थियो ।