८ बुँदे माग राखेर सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

८ बुँदे माग राखेर सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । सामु्दायिक विद्यालयमा कार्यरत कर्मचारीहरू विभिन्न ८ बुँदे माग अघि सारेर आन्दोलित भएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषदको अगुवाइमा काठमाडौंको माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरु भेला भएर आन्दोलन गरेका हुन्। भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले र्यालीको आयोजना गरेका हुन् । र्यालीमा देशभरका १० हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको परिषद्ले जानकारी दियो ।

परिषद्को आन्दोलन अहिलेमाइतीघर मण्डलमा पुगेको छ । भदौ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धना, दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो । दिएर सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिन पुगेको परिषद् विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।

परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने मागसहित जम्मा भएका उनीहरुले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि रू ३४ हजार ७३० र थप दुई हजार गरी ३६ हजार ७३० रुपैयाँ पारिश्रमिक हुनुपर्ने माग राखेका छन्।

यस्तै, विद्यालय सहयोगीहरूका लागि २ हजार ,२१० र थप दुई हजार गरी २६ हजार २१० रुपैयाँ पारिश्रमिक माग गरेका छन्।

यस्ता छन् विद्यालय कर्मचारीका मागहरु
१) पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नु पर्ने।
क) विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू३४ हजार ७३० प्लस २ हजार जम्मा ३६ हजार ७३०।

ख) विद्यालय सहयोगीहरूका लागि रु. २४ हजार २१०प्लस २ हजार जम्मा २६ हजार २१०।

ग) ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरुका लागि नेपाल सरकारले तत्काल कार्यविधि मार्फत
सम्पूर्ण सेवा सुविधाको प्रबन्ध गरोस्।