थप ४४४ जनामा कोरोना संक्रमण, एकैदिन ३ जनाको मृत्‍यु

थप ४४४ जनामा कोरोना संक्रमण, एकैदिन ३ जनाको मृत्‍यु


ग्लोब नेपाल
81
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४४४ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्‍यु भएको छ भने संक्रमित भएको छ ।देशभरका प्रयोगशालाहरुमा ४ हजार ९५४ जनाको नमुना परीक्षण गरिएकोमा थप ४४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।