केन्यामा नेपालको विजयी सुरुवात

केन्यामा नेपालको विजयी सुरुवात


ग्लोब नेपाल
81
Shares

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे ।

ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए । आदील अन्सारी २ रनमा अविजित रहे ।केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे । यस्तै नेल्सन ओढीयाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । राकिप पटेल ९ र एलेक्स ओबन्डा ६ रनमा आउट भए । कप्तान शेम एन्गोचे सुन्य रनमा आउट भए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् ।

केन्या र नेपालबीचको खेल तालिका

दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)

तीन एकदिवसिय अभ्यास खेल

पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)