ओलीको राजनीतिक प्रतिवेदन: मतवृद्धि गर्नेदेखि नेकपा सरकारको कामको प्रचार गर्नेसम्म

ओलीको राजनीतिक प्रतिवेदन: मतवृद्धि गर्नेदेखि नेकपा सरकारको कामको प्रचार गर्नेसम्म


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनमा पार्टीको मत रक्षाका लागि रणनीति तय गरेको छ ।

शुक्रबारदेखि पार्टी मुख्य कार्यालय च्यासल ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा मतवृद्धिदेखि आफ्नो नेतृत्वको सरकारका पालामा भएका कामको प्रचारप्रसार गर्नेसम्मका एजेन्डा तय गरिएको छ । जसमा अध्यक्ष ओलीले बहुमतका लागि १६ प्रतिशत मत अपुग भएको भन्दै रणनीति तय गरेका हुन् ।

यस्तो छ रणनीति :
–मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने ।
–आम जनसमुदायमा पार्टीका नीति र अजेन्डाको व्यापक प्रचार गर्ने । 
–एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने । 
–आफ्नो शक्ति र सामथ्र्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने ।
–हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई बृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ़ने । 
–नयाँ पुस्तामा विशेष ध्यान दिने ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठः