लोकतान्त्रिक मूल्य र मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छः प्रधानमन्त्री

लोकतान्त्रिक मूल्य र मान्यताका लागि योगदान गर्नेहरुको सम्मान हुनुपर्छः प्रधानमन्त्री


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए ।

“राष्ट्रपुकार साप्ताहिकले पञ्चायतकालमा लोकतान्त्रिक गतिविधि, लोकतन्त्रवादीमाथि भएको अन्याय बाहिर ल्याएर प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग गरेको थियो, त्यो पत्रिकाको प्रकाशन र सम्पादनको काम दाहालले गर्नुभएको थियो, उहाँले त्यसबेला नडराइकन चलाएको कलमले प्रजातन्त्र पुनःस्थापनाका लागि भूमिका खेलेको छ, काठमाडौँ नगरपालिकाका तत्कालीन प्रमुख चित्रकारले हामीजस्ता युवालाई राजनीतिक संस्कार सिकाउनुभएको थियो, समाजमा लोकतान्त्रिक मूल्यमान्यताका बारेमा जागरण फैल्याउनुभएको थियो”, नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ ।