थप ३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

थप ३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।
देशभरका प्रयोगशालाहरुमा ३ हजार ५१५ जनाको नमुना परीक्षण गर्दा थप ३२४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् ।