कांग्रेसले भन्यो: नागरिकता विधेयकबारे भ्रम फैलाइयो (दस्तावेजसहित)

कांग्रेसले भन्यो: नागरिकता विधेयकबारे भ्रम फैलाइयो (दस्तावेजसहित)

यथार्थ नबुझी कसैको पछि नलाग्न आग्रह


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले नागरिकता विधेयक २०७९ का सम्बन्धमा नागरिकमा भ्रम सिर्जना गरिएको बताएको छ ।

नागरिकता विधेयक २०७९ सम्बन्धी आएका भ्रमबारे यथार्थ उल्लेख गर्दै कांग्रेस संसदीय दलले विधेयकबारे प्रचारमा आएजस्तो विवादित विषय नरहेको स्पष्ट पारेको छ । नागरिकता विधेयकमा समेटिएका विषय, भ्रम र यथार्थबारे सचेतक मीन विश्वकर्मा र अधिवक्ता गणेश केसीले दस्तावेज नै तयार पारेका छन् । उक्त दस्तावेजमा यथार्थ नबुझी भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरिएको छ । दस्तावेजमा अहिलेसम्मका संविधान र ऐनले गरेका व्यवस्थाबारे उल्लेख गर्दै नागरिकता विधेयकमा प्रचारमा ल्याइएको विषयबारे उल्लेख छ ।

कांग्रेसले संशोधित नागरिकता विधेयकमा दफा–८ (१)(क) (क १) को लोग्ने वा बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्ने सम्बन्धी विषय पूर्णतया कार्यविधिगत मात्रै भएको र त्यसबारे नागरिकतामा कुनै विवरण उल्लेख नहुने प्रस्ट पारेको छ ।

‘वर्तमान समयमा राजनीतिक रंगमञ्चमा छलफलमा रहेका विषय संविधानसँग कतै पनि बाझिएको अवस्था छैन । संशोधनको अर्को विषय, दफा ८(१)(क) (क १) पूर्णतया कार्यविधिगत विषय हो । लोग्ने वा बाबुको पहिचान हुन नसकेको स्वघोषणा, राज्यलाई नागरिकले दिएको जानकारी मात्र हो । अभिलेखमा रहने यो कुरा नागरिकताको प्रमाण पत्रमा रहँदैन,’ संसदीय दलले प्रकाशित गरेको दस्तावेजमा उल्लेख छ ।

त्यस्तै, झुटो स्वघोषणा गरेको विषय कसुर हुने विधेयकमा उल्लेख रहेको कांग्रेसले जनाएको छ । ‘झुटो स्वघोषणा गरे प्राप्त नागरिकताको विषय फेर बदलमात्र नभई बदरसम्म हुने सजायका प्रावधान सहितको प्रस्तुत संशोधन विधेयक वर्तमान संविधानको धारा ३८ महिलाको हक तथा धारा २८९ को पदाधिकारीको विशेष व्यवस्थासम्बन्धी प्रावधान र यस अघिको सरकारले ल्याएको अध्यादेश समेतको अनुकूल हुँदा राष्ट्रपति महोदयको १५ बुँदे सन्देश सहितको विधेयक फिर्ताको कुनै तुक छैन,’ दस्तावेजमा लेखिएको छ, ‘उक्त सन्देश संविधानको धारा १०, ११, १२, १३, १४ र धारा ११३(३) प्रतिकूल देखिन आउँदछ ।’

दस्तावेजको पूर्णपाठ: