केन्याविरुद्धको दोस्रो खेलमा जितका लागि नेपालले पायो १३३ रनको लक्ष्य

केन्याविरुद्धको दोस्रो खेलमा जितका लागि नेपालले पायो १३३ रनको लक्ष्य


ग्लोब नेपाल
108
Shares

काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।

केन्याको घरेलु मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालले केन्यालाई १३२ रनमा सिमित गरेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमामएर एक सय ३२ रन जोड्यो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी-२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।