उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई कांग्रेसको निर्देशन

उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई कांग्रेसको निर्देशन

सिफारिस नाम केन्द्रमा पठाउन २० भदौसम्मको डेडलाइन


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका तल्ला तह कमिटीहरुलाई निर्देशन गरेको छ ।

कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ। महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

महामन्त्री थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउनुपर्ने भनिएको छ।

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेद वारको नाम कार्य समितिमा पठाउन भनिएको छ। प्रदेश कार्य समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ ।

हेर्नुहाेस् पत्र: