कांग्रेस नेता विश्वकर्माको आरोप: बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे

कांग्रेस नेता विश्वकर्माको आरोप: बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधि बढाइरहेको आरोप लगाएका छन् ।

मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । क्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएको भन्दै आपत्ति जनाए ।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।

उनले भने, ‘हामी आज बजारमा के–के देख्दै छौँ त ? मेयर साब भत्काउँदै हिँड्नुभएको छ । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन रु अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नुभयो भने के हुन्छ रु हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर साहले बयान लिने, जरिबाना गर्ने प्रावधान भए पनि आतङ्कित बनाउने काम गरेको गुनासो गरे । उनले मेयर साहको यस्तो गतिविधिले देशको राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्कसमेत गरे ।