एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आजै निष्कर्ष सुनाइने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।