एमाले केन्द्रीय कमिटी बैठक: राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

एमाले केन्द्रीय कमिटी बैठक: राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल


ग्लोब नेपाल
108
Shares

काठमाडा्रैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आजको बैठकमा शुक्रबार दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिने छन् । समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ ।

समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ ।