कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न सक्दैनः शेखर कोइराला

कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न सक्दैनः शेखर कोइराला


ग्लोब नेपाल
621
Shares

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अगामी निर्वाचनमा सिट संख्या १०० बाट घटाउन नसकिने प्रष्ट पारे । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि नेता काेइरालाले सिट संख्या १०० बाट घटाउन नसकिने बताए ।

‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ’, कोइरालाले भने, ‘तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’ नेता कोइरालाले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने पनि बताए ।

पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ । नेता कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसको प्रभाव भएका कुनै पनि क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।

‘गठबन्धन दलले दाबी गर्दैमा त्यस्तो सिट छोडिहाल्ने भन्ने हुदैन । त्यहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा हुन्छ, र तबमात्रै सिटको बाँडफाँट हुने हो,’ नेता कोइरालाले भने