टुक्रा-टुक्रामा विभाजित पार्टीले गठबन्धन गरेर चुनाव लड्नु ठगी हो: रवि लामिछाने

टुक्रा-टुक्रामा विभाजित पार्टीले गठबन्धन गरेर चुनाव लड्नु ठगी हो: रवि लामिछाने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् ।

पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् । सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् ।

उनले आफलाई राजनीति सिक्नु आवश्यक नभएको र नसिक्ने बताए । उनले झमझम पानी परेको बेला बाटो पिच गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पिच गरिन्छ भने त्यसका लागि आफूलाई राजनीतिक सिक्न आवश्यक नभएको बताए ।

उनले अस्पताल सुधार गर्नुपर्‍यो भने कोही अगाडि नबढ्ने तर अस्पतालका लागि उपकरण खरिद गर्नुपर्‍यो सबै अगाडि बढ्ने गरेको बताए । यो देशलाई कसले कंगाल बनायो भन्ने सबैलाई थाहा भएको बताउँदै उनीहरूका बारेमा कसैले चुइँक्क नबोल्ने गरेको उनले बताए ।

उनले आफू टेलिभिजनको स्क्रिन छोडेर राजनीतिक फोहोर सफा गर्न आएको बताए ।