ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने एमालेको निर्णय


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा जाने भएको छ ।

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । उनका अनुसार बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको महरले बताए ।

बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । दोस्रो पटक ३ फागुन २०७४ मा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बनेका थिए ।