स्थानीय निर्वाचनबाट शिक्षा लिएर प्रदेश र संघको चुनावमा राम्रो गर्दैछौँ: प्रचण्ड

स्थानीय निर्वाचनबाट शिक्षा लिएर प्रदेश र संघको चुनावमा राम्रो गर्दैछौँ: प्रचण्ड


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावबाट शिक्षा लिएर यो पटकको आमनिर्वाचनमा गठबन्धन सफल बनाउने दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको बैठकमा सहभागी हुन शनिबार बुटवल पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएकाले त्यसबाट शिक्षा लिने बताए ।

‘स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभपनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने दोस्रो निर्वाचन प्रक्रिया सुरु गरियो’, प्रचण्डले भने, ‘यसलाई ठूलो सफलता मान्नुहोला।’

अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव भएर देश ठूलो दुर्घट्नाबाट बचेको दावी गरे । ‘ठ्रूलो दुर्घट्नाबाट देश बचाउनमा यो गठबन्धनको भूमिका ठूलो रह्यो । तर आपसी तालमेल भनेको जस्तो भएको थिएन,’ प्रचण्डले भने, ‘यसबाट शिक्षा लिएर अहिले चाहिँ प्रदेश र संघमा राम्रो गर्दैछौँ।’