सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

सिट बाँडफाँटको टुङ्गो लगाउने


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबिच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो । दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिएका थिए । सोही बैठकबाट आजका लागि बैठक निर्धारण गरिएको हो ।

सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ ।