नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज

नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी क्रिकेट आज


ग्लोब नेपाल
54
Shares

एजेन्सी । नेपाल र केन्याबीचको तेस्रो टी–ट्वान्टी आज हुँदैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।

नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–ट्वान्टी भदौ १४ गते हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।