राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ ।

आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि सन्देशससहित फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् ।

आइतबार राष्ट्रिय सभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि संघिय संसदको दुवै सदनले पारित गर्नुपर्छ ।

विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।