कर्णाली प्रदेशः माओवादीका दुई मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशः माओवादीका दुई मन्त्रीले दिए राजीनामा


ग्लोब नेपाल
81
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागि भएका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो । उक्त निर्णय अनुसार नै दुई मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन् ।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।