नेपाली भाषा पाठशालामा अध्यानरत बालबालिकाहरुको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)

नेपाली भाषा पाठशालामा अध्यानरत बालबालिकाहरुको दीक्षान्त समारोह सम्पन्न (फोटोफिचर)



कोलोराडो । कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनीवार एक समारोह बिच ग्रिष्म कालीन नेपाली भाषा पाठशालामा अध्यानरत बाल बालिकाहरुलाई दिक्षित भएको प्रमाण पत्र प्रदानगरी यस बर्षको भाषा कक्षा समापन गरिएको छ ।

कोलोराडोमा सकृय संस्थाहरु अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर , एनआरएन कोलोराडो च्याप्टर, नेपाली घर, रकी माउन्टेण्ड फ्रेन्ड्स अफ नेपाल, सिष्टर ग्रुप दिदी बहिनी समुह कोलोराडो, कोलोराडो नेवाः खल र ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको संयुक्त प्रयासमा भाषा कक्षा शुरु भएको थियो ।

नेपाली र अमेरीकन राष्ट्रियगान संगै गणेश बन्दना र सरस्वती बन्दना गाएर कार्यक्रम सुरु गरीएको थियो । प्रत्येक शनिबार दिउसो २ बजेबाट ४ बजे सम्म संचालन भएको नेपाली भाषा पाठशालामा ४२ जना बाल बालिका अध्यानरत थिए । बाल बालिकाहरुलाई सगरमाथा समुह र लालीगुरास समुहमा बिभाजन गरी अध्यापन गराईएको थियो । सहभागी बाल बालिकाहरुलाई उनिहरुका गुरुबा गुरु आमाले दिक्षित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

संचालित पाठशालामा बाल बालिकाहरुलाई निःशुल्क अध्यापन गराउने गुरुबा गुरुआमाहरु क्रमश हरिभक्त आचार्य, धन पौडेल, प्रतिभा शर्मा, रञ्जु आचार्य तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई आयोजक संघ संस्थाका पदाधिकारीहरुले प्रशंसा पत्र प्रदानगरी सम्मान गरेका थिए । कार्यक्रममा सहभागी छात्र छात्रा, अभिभावक तथा गुरुहरुले कार्यक्रम ज्यादै प्रभावकारी भएकोले यसलाई निरन्तरता दिन सुझाव दिएका थिए । भाषा कक्षा संचालन गर्न क्रसरोड कम्युनिटी सेन्टरले कक्षा कोठा निःशुल्क उपलब्ध गराएको थियो ।

अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष तथा भाषा कक्षा संचालन समितीका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा संम्पन्न कार्यक्रममा अनेसास ट्रष्टि उपाध्यक्ष पदम बिश्वकर्मा र सभापती सिटौलाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृती हो । यहा जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृती सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृती यहि पुस्तामा मात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रम गरिएको बताएका थिए । यस कार्यक्रमलाई सफल बनाउन अभिभावकको ठुलो हात रहेको बताउदै कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु-याउने सबैलाई धन्यवाद दिए ।

अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर महासचिव किरण अधिकारीले संचालन गरेका कार्यक्रममा भाषा पाठशालामा सहभागी बाल बालिकाहरु, अध्यापन गराउने गुरु आमा, गुरुबा अभिभावक, गन्यमान्य, बिभिन्न संघ संस्थाका पदाधिकारी, संचार कर्मि तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।