कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको सपथ


ग्लोब नेपाल
0
Shares

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन् । सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ ।