त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । सभामुख अग्नी प्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिविको समस्या समाधानका लागि सभामुखमार्फत सरकारलाई आग्रह गरेपछि उनले रुलिङ गरेका हुन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सपाकोटाले सरकारलाई त्रिविको समस्या समाधान गर्न निर्देशन दिएका थिए । ’त्रिभुवन विश्वविद्यालय शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । यसबारे सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्छु,’ सापकोटाले भने ।

एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुण्डागर्दी भएको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।