महिलाहरु प्रत्यक्षतर्फ चुनाव लड्न तयार छन्, नेतृत्वले कम नआँकोस्ः डिला संग्रौला

महिलाहरु प्रत्यक्षतर्फ चुनाव लड्न तयार छन्, नेतृत्वले कम नआँकोस्ः डिला संग्रौला


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. डिला संग्रौला पन्तले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्ने अवसर प्रदान गर्न आग्रह गरेकी छन् । सोमबार बसेको प्रतिनिसिभाको बैठकमा बोल्दै सांसद संग्रौलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा महिलाहरुलाई प्रत्यक्षमा चुनाव लड्न दिन सबै राजनीतिक दलका नेतृत्वहरुलाई आग्रह गरेकी हुन् ।

‘आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बढी भन्दा बढी महिलाहरुलाई प्रत्यक्षतर्फ चुनाव लड्न अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वहरुलाई आग्रह गर्दछु । २१ औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर छन् । घर चलाउन मात्रै होइन, देश चलाउन पनि सक्षम छन् । तर, नेतृत्वले उनीहरुलाई कम आँक्नु हुँदैन,’ उनले भनिन् ।