कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनीत

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनीत


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाका संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ ।

कांग्रेस सभापति एवं संघीय संसद संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि राष्ट्रियसभामा संसदीय दलको नेता रहेका राधेश्याम अधिकारी ४ वर्षे कार्यकालपछि बिदा भएका कारण यो पद रिक्त रहेको थियो ।