विद्यालय कर्मचारी परिषद्ले बनायो सरकारसँग वार्ता गर्न ७ सदस्यीय समिति

विद्यालय कर्मचारी परिषद्ले बनायो सरकारसँग वार्ता गर्न ७ सदस्यीय समिति


ग्लोब नेपाल
3.6k
Shares

काठमाडौं । लामो समयदेखि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको परिषद्ले जनाएको छ । वार्ता समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप–महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका छन् ।

आईतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिषद्लाई पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेको थियो । मन्त्रालयको आह्वानसँगै परिषद्ले वार्ताका लागि सात सदस्यीय समिति गठन गरेको हो । वार्ता टोली अहिले शिक्षा मन्त्रालयमा रहेको परिषद् अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । मन्त्रालयको तर्फबाट पनि वार्ता टोली गठन गरेर परिषद्ले उठाएका मागका विषयमा छलफल हुनेछ ।

वार्ता निष्कर्षमा नपुग्दासम्म पुर्वनिर्धारित आन्दोलनका कार्यक्रम नरोकिने अध्यक्ष तिवारीले जानकारी दिए । गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए ।