प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शितल निवासमा

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू शितल निवासमा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । तर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकै बारेमा छलफलका लागि बोलाएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन्। नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।

नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल हुन सक्ने बताएका छन् ।