नेपालको टी-ट्वान्टी वरीयता खस्कियो 

नेपालको टी-ट्वान्टी वरीयता खस्कियो 


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमको टी-ट्वान्टी वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो । 

यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसंगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा सोझै छनोट हुने सम्भावन पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।

हाल नेपाली राष्ट्रिय टिम टी-ट्वान्टी र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी-ट्वान्टी खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २-१ ले अघि छ ।

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ ।