बालेनलाई सर्वोच्चको प्रश्नः अवहेलनामा सजाय किन नगर्ने ? ७ दिनभित्र जवाफ दिनू

बालेनलाई सर्वोच्चको प्रश्नः अवहेलनामा सजाय किन नगर्ने ? ७ दिनभित्र जवाफ दिनू


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

सर्वोचले नर्भिक अस्पतालको संरचना तत्काल नहटाउन अन्तरकालीन आदेश जारी गरेपछि मेयर बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । त्यसविरुद्ध अधिवक्ता दीपकराज जोशीले अदालतको अनवहेलनाको मुद्दा दायर गरेका थिए।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो । सात दिनभित्र बालेन आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु पर्ने उक्त आदेशमा भनिएको छ।

‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सो आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सातदिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्नु,’ आदेशमा भनिएको छ।

हेर्नुहोस् आदेश: