राष्ट्रपतिले शितल निवास बोलाइन् एमाले नेताहरुलाई छलफलमा

राष्ट्रपतिले शितल निवास बोलाइन् एमाले नेताहरुलाई छलफलमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन्।

सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।

यसअघि आजै दिउँसो २ बजे राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छलफल गरेकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन्।