केन्याले दियाे नेपाललाई १०२ रनको लक्ष्य

केन्याले दियाे नेपाललाई १०२ रनको लक्ष्य


ग्लोब नेपाल
270
Shares

काठमाडौं । घरेलु टोली केन्याले चौंथो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ।

केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए ।आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।आज नेपाल जित निकाल्दै एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा रहेको छ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ ।

पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी(ट्वान्टी मंगलबार हुनेछ । टी(ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।