काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिध सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने तयारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुई पार्टीबीच तालमेलका विषयमा सैद्धान्तिक सहमति भइसकेको छ । सात्तारु दल नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो ।
स्रोतका अनुसार अहिले पार्टीका दोस्रो तहका नेताहरु पनि आपसी संवाद रहेका छन् । एमाले र राप्रपाले मिलेर चुनाव लड्ने निश्चित भएको राप्रपा प्रवक्ता श्रेष्ठले बताए । यद्यपि, तालमेलको मोडालिटी भने निश्चित भइनसकेको उनको भनाइ छ ।‘हामी अहिले तालमेलको मोडालिटीबारे विभिन्न प्रस्तावहरु अघि सारिएका छन्’, प्रवक्ता श्रेष्ठले भने,‘मोडालिटीको टुंगो लागिनसके पनि तालमेल हुनेमा चाहिँ शंका छैन ।’
एमाले नेताहरुले भने अहिलेसम्म राप्रपासँगको तालमेलका विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । आफ्नो पार्टी सत्तारुढ गठवन्धनसँग एक्लै लड्न तयार रहेको उनीहरुले बताउँदै आएका छन् ।
यद्यपि, एमालेले सत्तारुढ गठवन्धनमा नरहेका साना पार्टीहरुसँग तालमेलको प्रयास भने जारी राखेको छ ।
प्रतिक्रिया