केन्याविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक

केन्याविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेपाली क्रिकेट टिमका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले ३ वर्षपछि मंगलबार अर्धशतक प्रहार गरेका छन् ।

नेपालका ब्याट्सम्यान मल्लले घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक पूरा गरेका छन्। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ज्ञानेन्द्रले ४१ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक बनाउने क्रममा ५ चौका र १ छक्का प्रहार गरे ।

ज्ञानेन्द्रको यो टी(ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । जारी सिरिजमा नेपालका लागि यो पहिलो अर्धशतक हो ।

उनले यही श्रृंखलाको तेस्रो खेलमा ४६ रन पनि प्रहार गरेका थिए भने यसअघि २०७६ साउन ३ गते मलेसियाविरूद्ध सिंगापुरमा भएको खेलमा ५१ रन प्रहार गरेका थिए ।