ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य


ग्लोब नेपाल
891
Shares

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । यस्तै रोहित पौडेलले ४७ रन बनाए । उनले ७ चौका प्रहार गरेका थिए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।पवन सराफ १ रनमा आउट भएका थिए । मोहम्मद आदिल अलामले ४ रन बनाए ।

५ वटा ट्वान्टी-ट्वान्टीको श्रृङ्खलामा नेपाल र केन्याले २/२ वटा खेल जितेका छन् । आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।